आजको कविता: कमला सदा
श्री एसके निधन
सायद मरेरै ठिक गरे क्यारे
अर्थात
ठिक गर्न मरे क्यारे म ।
-
बिडम्बना !
मान्छेआकृतिका अमान्छेहरू
मरिसकेपछि पनि चिनेनन मलाई
र त
मेरो मृत्यु उत्सवका गवाह
नरेन्द्र अङ्कल चर्चामा छन ।
-
नरेन्द्र अङ्कल !
म मरेको सुनेर आउनु भो
म मरेकै फोटो खिच्नु भो
मलाई खोला लग्दै गरेको फोटो खिच्नु भो
मलाई बगाउदै गरेको फोटो खिच्नु भो
र
म बगेपछि रुनु भो रे तपाईं
थुक्क !
नरेन्द्र अङ्कल कसरी बगे तपाईंका आशु ?
-
अङ्कल !
एकपटक पनि सोच्नु त
सचेतको तक्मा भिरेको तपाईको टाउकोमा
मेरो लासको फोटो खिच्ने भुत नचढेर
खाल्टो खन्ने बिचार किन फुरेन ?
के बिक्ने थिएन र लास पुर्दै गरेको फोटो?
-
कमला सदा
मर्नुको कारण थियोे
हामी कसरी मर्दैछौ बताउनु
तर
दुनियाँ म किन मरेमा पुग्दैपुगेन
पुग्यो त केवल मरेपछि के भयोमा मात्रैमा ।
-
ओ नरेन्द्र अङ्कल
साच्चिकै माया छभने मेरो
फोडिदिनुस लास कैद भएको तपाईंको क्यामेरा
किनकि
मेरो लासमा मौलाएको
तपाईंको चर्चाले दुनियाँ के बुझ्यो कुन्नि ?
मेरो आत्मा भने असाध्यै दुखेको छ ।
साच्चिकै भनु त
जिउँदै मरेकाहरुको बस्तिबाट
सायद म पो बाचेर फुत्के क्यारे
तर
मर्न नसकेर बाचिरहेको मेरो परिवारको के हुन्छ ?
सायद मरेरै ठिक गरे क्यारे
अर्थात
ठिक गर्न मरे क्यारे म ।
-
बिडम्बना !
मान्छेआकृतिका अमान्छेहरू
मरिसकेपछि पनि चिनेनन मलाई
र त
मेरो मृत्यु उत्सवका गवाह
नरेन्द्र अङ्कल चर्चामा छन ।
-
नरेन्द्र अङ्कल !
म मरेको सुनेर आउनु भो
म मरेकै फोटो खिच्नु भो
मलाई खोला लग्दै गरेको फोटो खिच्नु भो
मलाई बगाउदै गरेको फोटो खिच्नु भो
र
म बगेपछि रुनु भो रे तपाईं
थुक्क !
नरेन्द्र अङ्कल कसरी बगे तपाईंका आशु ?
-
अङ्कल !
एकपटक पनि सोच्नु त
सचेतको तक्मा भिरेको तपाईको टाउकोमा
मेरो लासको फोटो खिच्ने भुत नचढेर
खाल्टो खन्ने बिचार किन फुरेन ?
के बिक्ने थिएन र लास पुर्दै गरेको फोटो?
-
कमला सदा
मर्नुको कारण थियोे
हामी कसरी मर्दैछौ बताउनु
तर
दुनियाँ म किन मरेमा पुग्दैपुगेन
पुग्यो त केवल मरेपछि के भयोमा मात्रैमा ।
-
ओ नरेन्द्र अङ्कल
साच्चिकै माया छभने मेरो
फोडिदिनुस लास कैद भएको तपाईंको क्यामेरा
किनकि
मेरो लासमा मौलाएको
तपाईंको चर्चाले दुनियाँ के बुझ्यो कुन्नि ?
मेरो आत्मा भने असाध्यै दुखेको छ ।
साच्चिकै भनु त
जिउँदै मरेकाहरुको बस्तिबाट
सायद म पो बाचेर फुत्के क्यारे
तर
मर्न नसकेर बाचिरहेको मेरो परिवारको के हुन्छ ?
No comments